
काठमाडौं– महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
सोही अन्तर्गत बैंकको मार्तडी–बाजुरा शाखाद्धारा बाजुरास्थित लक्ष्मी माध्यामिक विद्मालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका तथा पढाईमा अब्बल रहेका विधार्थीहरुलाई अध्ययनलाई सहजताका लागि एक कार्यत्रमबीच स्कुल ब्याग वितरण गरेको छ ।
साथै पाटन नगरपालिका–१ मेल्चौरा बैतडीस्थित सिद्धेश्वर माध्यामिक विद्यालयलाई यस बैंकको पाटन–बैतडी शाखा द्धारा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरेको छ ।
८०० विधार्थी र ३० जना कर्मचारी रहेका उक्त विद्मालयमा शौचालयको आवश्यकता रहेको तथा सम्भावित सरुवा रोगहरुबाट बच्न सहयोग पुगोस भन्ने हेतुले आर्थिक सहयोग गरिएको हो ।
त्यसैगरी बैंकको महेन्द्रनगर शाखाले कञ्चनपुरस्थित बैजनाथ धाम तथा बृद्धाश्रम सेवा समितिलाई खाद्मान्न सामाग्री प्रदान गरेको छ ।
साथै काठमाण्डौं जिल्ला बुढानिलकण्ठ–४ क्वाँटोल, चण्डेश्वरीस्थित मदन आश्रित आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीहरुका लागि राउण्ड टेबल नेपालको सहकार्यमा शैक्षिक सत्र २०८२ को लागि छात्रवृति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
साथै यस बैंकको कलैया शाखाले गर्मीको समयमा उच्च तापक्रमको कारणले हुन सक्ने असजिलो कम गर्न निःशुल्क सर्वत पानी वितरण गरेको छ ।
त्यसैगरी प्रहरी वृत मालीगाउँ काठमाण्डौंलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत मालीगाँउ, काठमाण्डौंलाई स्थलगत रुपमा खटिने प्रहरीहरुलाई सहज होस भन्ने उद्देश्यका साथ खानेपानी वितरण गरेको छ ।
साथै रोटरी क्लब अफ वीरगंजको सहकार्यमा १० थान कृत्रिम खुट्टा तथा १० थान कृत्रिम हात वितरण गर्न आर्थिक सहयोग गरिएको छ भने रोटरी क्लब अफ गैँडाकोटको सहकार्यमा श्री नवदुर्गा आधारभुत विद्यालयमा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरिएको छ ।
बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै महालक्ष्मी स्मार्ट साथी सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्