images
images
  • जिम्मा लिएको काम पूरा नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी

    प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ।

    कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कार्यालयले लिखित स्पष्टीकरण सोधेको छ।

    जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई नियमानुसार सात दिनभित्रमा लिखित स्पष्टीकरण पेस गर्न कार्यालयले आग्रह गरेको हो।

    चित्त बुझ्दो स्पष्टीकरण नआए कालो सूचीमा राख्ने तयारी कार्यालयले गरेको छ।

    Screenshot 2025 07

    प्रतिक्रिया दिनुहोस्
    images
    images