images
images
  • कुलिङ पिरियड तोडमोडबारे छानबिन समितिका लागि दलसँग सभामुखले मागे प्रतिनिधि

    काठमाडौँ : सभामुख देवराज घिमिरेले ‘संघीय निजामती सेवा विधेयक २०८०’मा कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्था तोडमोड भएको विषयमा छानबिन समिति गठन गर्नेबारे आज प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका छन्।

    आज अपरान्ह सभामुख घिमिरेले आफ्नो कार्यकक्ष सिंहदरबारमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन्।

    छलफलमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न प्रस्ताव गरेका माओवादीका सचेतक पाण्डेले थाहाखबरलाई जानकारी दिए।

    समितिले गर्नुपर्ने काम र सोको समयावधि तथा समितिमा रहने सदस्यको नामावलीबारे आफूहरुले पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्ने जवाफ दिएको पाण्डेले बताए।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images