images
images
  • रुबीभ्यालीमा सवारी दुर्घटना स् एक महिलाको मृत्यु, नौ जना घाइते

    काठमाडौं – धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दुर्घटनामा रुबीभ्याली–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका नौ जनामध्ये छ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। अन्य तीन जनालाई धादिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये सवारी चालक खनियाबास गाउँपालिका–१ का ४० वर्षीय डम्बर तामाङ, रुबीभ्याली–४ बोराङकी ३३ वर्षीया मिजोङ तामाङ र ११ वर्षीय बालक आमोश तामाङको अवस्था गम्भीर रहेको प्रवक्ता दाहालले जानकारी दिए।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images