काठमाडौं– निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनबारे प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछ ।
आयोगले बिहान ११ बजेपछि राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सभापति र अध्यक्षहरूसँग छलफल गर्न लागेको हो ।
प्रदेश तथा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने वा अलग अलग गर्ने भन्ने बारेमा दलहरूको धारणा बुझ्न छलफल हुन लागेको हो ।
छलफलमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, नेपाली कांग्रेस सभापति गगन थापा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाँदैछन् ।
त्यस्तै श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रतिनिधि पनि समहभागी हुने निर्वाचन आयोगले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्






















