काठमाडौं– नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं, नयाँ बानेश्वरस्थित सौन्दर्य तथा एस्थेटिक्स सेवाप्रदायक संस्था लेटमी इन प्रालिबीच सोमबार विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार बैंकमा कार्यरत कर्मचारी तथा खाता रहेका ग्राहकहरूलाई लेटमी इनमा उपचार गराउँदा सेवा शुल्कमा विशेष छुट प्रदान गर्ने उक्त बैंकले जनाएको छ ।
सम्झौताबमोजिम, लेटमी इन प्रालिले कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सेवाहरू, जस्तै छालासम्बन्धी उपचार, बोटोक्स, लेजर, फेशियल र अन्य आधुनिक सौन्दर्य सेवाहरूमा ८ देखि १५ प्रतिशतसम्म छुट दिनेछ ।
सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेटमी इन प्रालिको तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गरेका छन् ।
सम्झौता सम्पन्न भएपछि बैंकका अधिकारीहरूले यस्तो सहकार्यले कर्मचारी तथा ग्राहकहरूलाई आधुनिक प्रविधियुक्त सेवा सहज रूपमा प्राप्त गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै लेटमी इन प्रालिका प्रबन्ध निर्देशक डोङ्ग सु माले नेपाल बैंक जस्तो संस्थासँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै, सेवा गुणस्तरमा थप सुधार ल्याउँदै जाने प्रतिवद्धता जनाए ।
यस किसिमको सहकार्यले बैंक र सेवाप्रदायक संस्था दुवैका लागि दीर्घकालीन लाभदायक सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।



विश्व खबर 




















