images
images
  • सुनको मूल्य कति पुग्यो ? (मूल्यसहित)

    काठमाडाैं– नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ ।

    बुधबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रूपैयाँमा किनबेच भएको थियो ।

    यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।

    यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ७५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    बुधबार चाँदी प्रतितोला दुई हजार एक सय ४० रूपैयाँमा कारोबार भएको थियो ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images