images
images
  • जनमतकी सांसद सुमन शर्माविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी

    काठमाडौं– जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।

    जिल्ला अदालत पर्साबाट जेठ १६ गते जारी पुर्जीका आधारमा पर्सा प्रहरीले बर्दिया प्रहरीलाई पत्राचार गरेपनि रायमाझी फरार रहेको प्रहरी प्रवक्ता डिएसपी चक्रडम्मर पालले जानकारी दिए ।

    पर्साकी आशाकुमारी चौहानले दायर गरेको उजुरीअनुसार रायमाझीले साढे ५ लाख रुपैयाँ सापटी लिएर दुई पटक चेक दिएकी थिइन् । तर २ लाख ७५ हजार र ८० हजार रुपैयाँका चेक दुवै बाउन्स भएपछि बैंकिङ कसुरअन्तर्गत मुद्दा अघि बढेको हो ।

    पूर्व मन्त्री समेत रहेकी रायमाझी अघिल्लो कार्यकालमा जसपाबाट प्रदेश सांसद भइन् र भौतिक पूर्वाधार राज्यमन्त्रीसमेत बनिन् । पछि माओवादी नेतृत्वको सरकारमा कृषि मन्त्री भइन् । अहिले उनी जनमतबाट समानुपातिक सांसद भएकी हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images