काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको भन्दै सामाजिक सञ्जालमा फैलाइएको प्रचारको खण्डन गरेका छन् ।
एआईबाट आफ्नो तस्वीर प्रयोग गरी भ्रामक सामग्री बनाइएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
आफूले २०२६ सालमै कम्युनिस्ट पार्टीको सदस्यता लिएको उल्लेख गर्दै खनालले जीवनभर कम्युनिस्ट आन्दोलनमा प्रतिबद्ध रहने स्पष्ट पारेका छन् ।
यस्ता सामग्री निर्माण र प्रसार गर्नु अपराध भएको भन्दै उनले नेपाल प्रहरीलाई साइबर अपराधबारे जानकारी गराएको बताएका छन् ।
साथै, आफ्नो नाम र तस्वीर दुरुपयोग गर्ने व्यक्ति वा समूहको पहिचान गरी कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्






















