images
images
  • यात्रामा निस्किँदै हुनुहुन्छ ? यी हुन् पूर्णअवरुद्ध सडक (सूचीसहित)

    काठमाडौं– देशका विभिन्न स्थानमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण सडक सञ्जालमा असर परेको छ ।

    नेपाल प्रहरीले आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार, महेन्द्र राजमार्गको नवलपरासीस्थित विनयी त्रिवेणी गाउँपालिका–१ खण्डमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

    त्यसैगरी, आठवटा सडक एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेका छन् ।

    प्रहरीका अनुसार लगातारको वर्षाका कारण केही स्थानमा सडक भासिएको, पहिरो खसेको वा पानी जमेकोले आवागमनमा कठिनाइ भएको हो ।

    प्रहरीले यात्रामा निस्किनुअघि सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    अवस्थाको निरन्तर अनुगमन भइरहेको र आवश्यक उद्धार तथा मर्मत कार्यमा सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको समेत जानकारी दिइएको छ ।

    510973541 1038050965124093 5096226507006826468 n TYWfVBbBuC

    प्रतिक्रिया दिनुहोस्
    images
    images