images
images
  • रास्वपाको जिम्मेवारी हेरफेर, यी हुन् विभागीय प्रमुख (नामावलीसहित)

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खालि रहेका तीन विभागमा नयाँ प्रमुखहरू तोकेको छ ।

    हिजो (शनिबार) बसेको केन्द्रीय समिति बैठकले प्रशिक्षण विभागको नेतृत्व सह–महामन्त्री श्री विपिनकुमार आचार्यलाई दिने निर्णय गरेको हो ।

    यसअघि उक्त विभागको नेतृत्व पूर्वबैंकर अनील केशरी शाहले गरेका थिए ।

    तर, शाहले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएपछि यो पद रिक्त रहेको थियो ।

    यस्तै, अभियान तथा प्रचारप्रसार विभागको प्रमुखमा कार्यवाहक प्रवक्ता मनिष झालाई नियुक्त गरिएको छ ।

    अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखको जिम्मेवारी भने उप–प्रमुख रविकिरण अधिकारीलाई दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images