
काठमाडौं– काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ ।
आज (बुधवार) न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले महानगरपालिकाको जेठ २० गतेको निलम्बन पत्र यथास्थितिमा राख्न आदेश दिएको हो ।
अदालतको आदेशमा भनिएको छ, ‘२०८२ साल जेठ २० गते निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी निवेदकलाई निजकै पदमा रही कामकाज गर्न दिनू–दिलाउनू,’ भनेर विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिएको हो ।
यसअन्तर्गत अब राजुनाथ पाण्डे पुनः आफ्नो पदमै रही कार्यसम्पादन गर्न सक्नेछन् । जबसम्म अन्तिम फैसला हुँदैन ।
प्रतिक्रिया दिनुहोस्