images
images
  • १ किलो सुनसहित एक जना महिला पक्राउ

    काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ किलोभन्दा बढी अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेकी छन्। पक्राउ पर्नेमा भारतकी ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार खेमानीलाई मंगलबार राति विमानस्थलको आगमन भन्सार क्षेत्रको टनेलबाट पक्राउ गरिएको हो। शारजाहबाट एयर अरेबियाको उडानमार्फत काठमाडौं आएकी उनीमाथि संका लागेपछि जाँच गरिएको थियो। चेकजाँचका क्रममा उनको साथबाट १ किलो १५९ ग्राम सुन फेला परेको हो।

    उक्त सुन अर्धठोस अवस्थामा रहेको र प्लाष्टिकले बेरिएका तीन वटा डल्लाको रूपमा ल्याइएको प्रहरीले जनाएको छ। हाल खेमानीलाई आवश्यक अनुसन्धानका लागि भन्सार विभाग र सुरक्षा निकायको जिम्मा लगाइएको छ।

    प्रतिक्रिया दिनुहोस्

    images