images
images
  • उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७२३ चालक कारबाहीमा

    काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७२३ जना सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले शुक्रबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो ।

    ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ५८ जना, सिसिटिभी निगरानीमार्फत २५ जना र रातो बत्ती उल्लङ्घन गर्ने २० जना चालक कारबाहीमा परेका छन् । त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १३२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने छ जना, सवारीको अवस्था ठीक नभएका छ जना र लेन अनुशासन उल्लङ्घन गर्ने दुई जना चालक कारबाहीमा परेका छन् ।

    यसैगरी, अन्य ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा ४७३ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्ने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा नियमित जाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images