images
images
  • ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, तराई र उपत्यकामा हुस्सु–कुहिरो

    काठमाडौं – देशमा पश्चिमी वायुसँगै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावका कारण देशका केही भूभागमा आंशिक बदली हुने र तराई तथा उपत्यकाका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका साथै गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

    आज बिहान तराईका भूभाग, काठमाडौँ उपत्यका तथा विभिन्न खोँचका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ । बिहानको समयमा हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images