images
images
  • प्रधानमन्त्रीको आश्वासनसँगै सुन व्यवसायीले आजदेखि पसल खोल्ने

    काठमाडौँ : सुनचाँदी व्यवसायीका मागमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक भएसँगै व्यवसायीले बुधबारदेखि पसल खोल्ने भएका छन्। व्यवसायीहरू कर र भ्याट खारेजीको माग गर्दै एक सातादेखि पसल बन्द गरेर आन्दोलनमा थिए।

    सोमबार उनीहरूले प्रधानमन्त्री ओलीसँग भेट गरि सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने व्यवस्थाबाट परेको मर्काबारे ध्यानाकर्षण गरेका थिए । प्रधानमन्त्री ओलीले व्यवसायीका मागका विषयमा सम्बन्धित निकायसँग बुझेर पूरा गर्न सक्ने माग सम्बोधन गर्न लाग्ने बताएको महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले जानकारी दिए।

    मागका विषयमा प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिएसँगै व्यवसायी पछि हटेका हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images