काठमाडौं । राष्ट्रियसभाको बैठक संघीय संसद भवनमा बानेश्वरमा सुरू भएको छ ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् । सँगै मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पनि बैठकमा जानकारी गराइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आठौं अधिवेशनको पहिलो बैठक सुरू भएको हो । बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेशसँगै अरु विभिन्न अध्यादेश पेश हुने कार्यसूची छ ।
बैठकमा संवैधानिक परिषद् र सपथलगायत विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















