images
images
  • सिंह निवास चाक्सिवारीमामा प्रकाशमान, विमलेन्द्र र शशांकबीच भेटवार्ता शुरू


    काठमाडौं । नेपाली काग्रेसको आसन्न १४औं महाधिवेशनका लागि नेताहरुको छलफल र भेटबार्ता दिनहुँ बढ्दै छ ।

    यसैबीच महाधिवेशनमा सभापतिका आकांक्षी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता शुरू भएको छ ।

    नेता सिंहको निवास चाक्सिवारीमा मंगलवार ‘लञ्च मिटिङ’ सहित भेटवार्ता शुरू भएको शशांकका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
    यसअघि असार ८ गते निधिको निवास बानेश्वर र ११ गते शशांकको निवासमा तीनै नेताबीच छलफल भएको थियो ।

    कांग्रेस महाधिवेशनमा सभापतिमा दाबी गरेका यी ३ नेताले आफूमा सहमति गर्ने दाबी गर्दै आएका छन् । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images