काठमाडौँ । काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन भएका छन् । जोर-बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइएको हो ।
उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले सोमबार स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेका थिए । उपत्यकाभित्र निषेधाज्ञा भने एक साता थप गरिएको छ । २५ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायात सञ्चालन भएका हुन् ।
यस्तै आजदेखि दैनिक उपभोग्य बस्तु तथा खाद्यान्न पसल पनि बिहानदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिइएको छ । अन्य पसलहरूको हकमा बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिइने निर्णय भएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















