images
images
  • संवैधानिक इजलास: आजको सुनुवाइ सकियो,भोली नायव महान्यायाधीवक्ता पाण्डेयले बहस गर्ने


    काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले ३ घण्टा २० मिनेट बहस गरेका पछि तिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाइ सकिएको छ ।

    भोली मंगलबार नायव महान्यायाधीवक्ता पदम प्रसाद पाण्डेयले बहस गर्नेछन् । पाण्डेयका लागि २ घण्टा समय छुट्याइएको छ ।

    बडालले धारा ७६ (५) मा दलीय निर्देश हिप लाग्ने दावी गरे । कांग्रेस सभापति शेर बहादुर देउवाले सांसद गणेश पहाडी र सरला यादव समेतको हस्ताक्षर दुरुपयोग गरेको जिकिर गरेका छन् ।

    उनले उपधारा ५ अनुसार स्वतन्त्र रुपमा निर्वाचित भएका सांसदहरु पनि सरकार बनाउने दावी लिएर जान सक्ने ब्याख्या गरेका छन् ।

    ‘दलका सदस्य भए दलको पत्र चाहिन्छ दलको सदस्य नभए स्वतन्त्र रुपमा जान सक्छन् भनेको हो’ इजलासमा उनले भने–‘दल चाहिँ चाहिन्छ, यो संविधानले निर्दललाई स्थान नै दिएको छैन ।’

    धारा ७६ (५) को निर्णय विशुद्ध राष्ट्रपतिले गर्ने जिकिर गर्दै बडालले भने–‘त्यसमा न्यायालयले हात हाल्न मिल्दैन ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images