काठमाडौं । संवैधानिक इजलासमा महान्यायाधिवक्ता रमेश बडालले काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेका सांसदहरूको हस्ताक्षर दुरुपयोग गरेको दाबी गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि विपक्षीका तर्फबाट बहस गर्दै बडालले गणेश पहाडी र सरला यादवसहितका सांसदहरूको हस्ताक्षर दुरुपयोग भएको बताए ।उनले हस्ताक्षर दुरुपयोग गरिएका कारण लिखत सम्बन्धी कसुरमा कारबाही अगाडि बढाउन इजलासले आदेश गर्नुपर्ने मागसमेत गरे ।
बडालले रिट निवेदकलाई कारबाही गर्न आग्रह गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उनलाई सोधे, ‘जुन प्रयोजनको लागि सही गरेको हो, त्यो दुरुपयोग भयो भन्ने अधिकार उहाँहरुकै होइन ?
प्रधानन्यायाधीशको प्रश्नमा बडालले जवाफ दिए– हामी जग्गा किचलो मुद्दामा बहस गर्दै छैनौँ, प्रधानमन्त्री नियुक्तिबारे बहस भइरहेको हुनाले लिखतबारे इजलासले हेर्नुपर्छ ।
न्यायाधीश ईश्वर खतिवडाले विघटनको मुद्दा दर्ता भइसकेको अवस्थामा हिजो लिखतको कसुरमा अनुसन्धान र कारबाही भयो वा भएन भनेर अदालतले भन्न नमिल्ने बताए । उनले भने, ‘लिखत किर्तेमा पहिले कारबाही गर्नुपर्थ्यो कि पर्दैनथ्यो, त्यो त हामीले हेर्ने होइन नि ।’
इजलासले आदेश गरेमा हस्ताक्षर किर्ते गरेको कसुरमा कानुनी कारबाही गर्न सरकार तयार रहेको बडालले बताए । बडालले इजलासमा प्रश्न गरे, ‘किर्ते कागज बनाउने पीएम हामीले खोजेको हो र ?





















