काठमाडौं । संसद विघटन विरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले देशव्यापी सडक प्रदर्शन गर्ने भएका छन् ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी),अनेरास्ववियु,समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं लगायत पाँच विद्यार्थी संगठनका नेताहरुको सोमबार बिहान बसेको बैठकले संसद विघटन विरुद्ध काठमाडौं लगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने गर्ने निर्णय गरेको हो ।
बैठकले संसद विघटन विरुद्ध सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । स्वतन्त्र अदालतको निर्णयमा हस्तक्षेप नगर्न पाँच विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण स्वरुप दबाब दिएका हुन् ।
यस्तै विश्वविद्यालयमा देखिएका परीक्षा लगायत शैक्षिक समस्याहरूका बारेका छलफल गर्न ज्ञापनपत्रसहित उपकुलपति समक्ष संयुक्त डेलिकेसन जाने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लकडाउन अवधिको शूल्क विद्यार्थीलाई अबिलम्ब फिर्ता गर्न माग गर्दै शूल्क फिर्ता नगरिएमा निजी शैक्षिक संस्था विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।



विश्व खबर 


















