काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय जननेता मदन भण्डारी जननेता मात्रै नभएर शताब्दी नायक समेत भएको बताएका छन् ।
सोमबार भण्डारी फाउण्डेसनले आयोजना गरेको ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले मदनका विचार नेपाली समाजलाई झक्झक्याउने भएको भन्दै भण्डारीमा लोकतान्त्रिक शक्तिलाई एकीकृत गरेर अघि बढाउन सक्ने क्षमताको चर्चा समेत गरे ।
‘मदन भण्डारी जननेता मात्रै होइन, उहाँ शताब्दी नायक पनि हो’ प्रधानमन्त्री ओलीले भने, ‘मदन भण्डारीका चिन्तन निश्कृय शुभकामना मात्रै होइनन् ।’
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















