images
images
  • प्रधानमन्त्रीको गुनासो – सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउँदो भएन

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउँदो नभएको गुनासो गरेका छन् ।

    गोरखापत्र प्रकाशनको १२५औँ वर्ष प्रवेशका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली सञ्चारमाध्यमका भाषा देशका विशिष्ट व्यक्तिलाई अनादर हुने प्रकारको रहेको र सुहाउँदो नभएको बताएका हुन् ।

    उनले कसैले पनि नेपाली भाषाको कद घटाउने काम गर्न नहुने धारणा राखे । प्रधानमन्त्री ओलीले निरंकुशकालमा जस्तो शासकबाट कुनै हस्तक्षेप नहुने भएकाले आफ्नो ब्रह्मले देखेको कुरा लेख्न अहिले गोरखापत्र प्रकाशन स्वतन्त्र रहेको जिकिर गरे ।

    मुलुकको सभ्यता र संस्कृतिका क्षेत्रका साथै अर्थतन्त्र र नेपाली भाषाको विकासका लागि गोरखापत्रले दिएको योगदानको उनले प्रशंसा गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images