images
images
  • भारतको आत्मरक्षाको अधिकारलाई समर्थन गर्छौं : इजरायली राजदूत अजर

    काठमाडौं । भारतका लागि इजरायलका राजदूत रुवेन अजरले भारतीय सेनाको ‘अपरेसन सिन्दूर’प्रति प्रतिक्रिया जनाएका छन् । गए राति भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको विषयमा बुधबार इजरायलका राजदूत अजरले इजरायलले भारतको आत्मरक्षाको अधिकारलाई समर्थन गर्ने बताएका हुन् ।

    “इजरायलले भारतको आत्मरक्षाको अधिकारलाई समर्थन गर्छ । निर्दोषविरुद्धको जघन्य अपराधबाट लुक्ने कुनै ठाउँ छैन भनेर आतंककारीले थाहा पाउनुपर्छ,” इजरायली राजदूतले एक्स पोस्टमा भनेका छन् ।

    भारतले गए राति पाकिस्तान नियन्त्रित कश्मीरमा नौवटा मिसाइल आक्रमण गरेको थियो । जसमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images