कामाडौं । नेकपा एमाले पार्टीको कारवाहीमा परेका नेता माधव कुमार नेपालले आफुलाई केपी शर्मा ओलीले प्रधानमन्त्रीको प्रस्ताव गरेको बताएका छन् ।
विपक्षी गठबन्धनले राजनीतिक मामिल सम्बन्धि पत्रकारहरुसँग गरेको अन्तरक्रिया पछि नेता नेपालले ओलीले आफुलाई प्रधानमन्त्री बन्न आग्रह गरेको बताएका हुन् ।
ओलीले आफुलाई प्रधानमन्त्रीका लागि आग्रह गरेपनि आफुले विपक्षी गठबन्धनलाई धोखा नदिने बताए ।
अब आफूलाई प्रधानमन्त्री बनाउने अफर गरे पनि ओलीसँग नमिल्ने उनको प्रष्टोक्ति थियो । आफूलाई प्रधानमन्त्री बन्ने अफर ओली पक्षबाट आइसकेको र शेरवहादुर देउवालाई हेरेको हेर्यै बनाइदिउँ भन्ने कुरा समेत आएको उनले बताए ।
उनले भने, ‘मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुदैन । केपी ओलीले राइटिस्ट कोलिसन बनाउनु भएको छ । सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउला । ओलीको धोकाले हामी होइन देशै हैरान भैसक्यो।’
केपी ओलीसँग सम्झौता गरेर एमालेमा रहने सम्भावना अन्त्य गर्द नेपालले आफूले अोलीका कुनै पनि आश्वासन नमान्ने र विपक्षी गठबन्धनलाई धोका नदिने बताए ।


विश्व खबर 


















