काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलापछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने विश्वास व्यक्त गरेका छन् ।
उनले शनिबार पत्रकारहरससँग पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल गर्दै काँग्रेस सभापति देउवा प्रधानमन्त्री हुने बताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीको प्रतिगमनकारी कदमलाई हराउनका लागि एमाले नेता दिपक मनाङ्गेसँग भेट गरिएको पनि बताए । उनले पछिल्लो समय प्रादेशिक लगायत सरकार गठनका समयमा मनाङ्गेसँग भेट गराउने प्रस्ताव स्वरसप आफूले भेट गरेको पनि बताएका छन् ।
प्रधानमन्त्री ओलीबाट २-२ पटक प्रतिनिधिसभा विघटन भएपछि यसको विरुद्दमा ५ दलीय गठबन्धन आवश्यक रहेको बताए । लोकतन्त्र र संविधान बचाउनका लागि गठबन्धनका बीचमा गम्भीर छलफल भइरहेको पनि उनले बताएका छन् ।
यसअघि गठबन्धनले समाचार सम्पादकहरुसँगको छलफलमा राष्ट्रपतिभन्दा राजा नै राम्रो भन्नुको अर्थबारे पनि प्रष्ट्याए । उनले आजको सन्दर्भमा राजा राम्रो भनेको नभएर व्यङ्गात्मक शैलीमा यसो बताइएको बताए ।
उनले सरकारलगठनका सम्बन्धमा सर्वोच्च अदालतमा बहस जारी भएका कारण सर्वोच्चले केही दिनमै संसद पुर्नस्थापना गर्ने र देउवा प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् ।


विश्व खबर 


















