images
images
  • कति पुग्यो डलरको भाउ ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४८ रुपैयाँ २८ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४० पैसा तोकिएको छ । स्विस फ्रयांक एकको खरिददर १५४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३० पैसा र बिक्रीदर ८५ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५० पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १०१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०२ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिदर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा तोकिएको छ ।

    साउदी अरेवियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६० पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०२ पैसा र बिक्रीदर चार रुपैयाँ ०४ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

    मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा तोकिएको छ ।

    स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

    बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ४६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०२ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images