images
images
  • सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? 

    सुनको मूल्यमा तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्ने क्रम जारी रहेपछि नेपाली बजारमा पनि बढिरहेको हो ।

    नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सयमा सुनको कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य १० बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images