नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















