images
images
  • ४६० मध्ये ४१ गाउँपालिकाले ल्याउन सकेनन् बजेट

    काठमाडौं। देशभरका ४६० गाउँपालिकामध्ये आज अर्थात १० असारमा ४१६ वटा गाउँपालिकाले मात्र आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेका छन् ।

    गाउँपालिका राष्ट्रिय महासंघका अनुसार ४१ वटा गाउँपालिकाले कोरोनादेखि आन्तरिक कलहसम्मका कारण बजेट ल्याउन नसकेका हुन् ।महासंघका अनुसार ३ वटा गाउँपालिकासँग सम्पर्क हुन नसकेका कारण उनीहरुले बजेट ल्याए नल्याएको विवरण प्राप्त हुन सकेको छैन ।

    बजेट नल्याउनेमा सवैभन्दा वढी प्रदेश २ का पालिकाहरु छन् । प्रदेश २ का ५९ मध्ये २१ पालिकाले बजेट ल्याएका छैनन् । प्रदेश १ का ८८ मध्ये ५ पालिका, बागमतीका ७४ मध्ये ४ पालिकाले बजेट ल्याएका छैनन्।

    त्यसैगरी गण्डकीका ५८ मध्ये ५ वटाले बजेट ल्याएका छैनन् भने एउटा पालिकाले बजेट ल्याए नल्याएको विवरण संकलन हुन नसकेको महासंघले जनाएको छ ।

    लुम्बिनीका ७३ मध्ये दुईवटा पालिका सम्पर्कमा नआएको कारण विवरण प्राप्त हुन नसकेको, कर्णालीका ५४ मध्ये ७ वटा र सुदुरपश्चिम प्रदेशका ५४ मध्ये एउटा गाउँपालिकाले बजेट ल्याएका छैनन् । प्रदेश २ का ४ वटा स्थानीय तहले भने चालु आर्थिक वर्षकै बजेट ल्याएका छैनन् ।

    महासंघका अनुसार कतै वाढी पहिरोका कारण कार्यालय संचालन हुन नसकेर बजेट आएन भने कतै कोरोना संक्रमणका कारण बजेट ल्याउन बाधा परेको छ ।

    केही पालिकाले भने प्रशासकीय अधिकृत नभएकै कारण बजेट ल्याउन सकेनन् भने कतिपय गाउँपालिकाले आन्तरिक विवादका कारण बजेट ल्याउन नसकेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images