images
images
  • भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समितिबाट पारित

    संसदीय समितिले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ । मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको हो  ।

    त्यसअघि समितिमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन उपर छलफल भइ पारित गरिएको थियो । समितिको बैठकको निर्णय सुनाउँदै समिति सभापति सन्तोष चालिसेले समितिले भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको जानकारी दिए । उनले अब प्रतिनिधि सभामा पेस गर्नका लागि सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको बताए ।

    उनले भने, ‘सुझावसहितको प्रतिवेदन पारित भएको छ । प्रतिनिधि सभामा प्रतिवेदन प्रस्तुत गर्नका लागि सम्माननीय सभामुखसँग समय माग गर्ने । हामीले यो विधेयक आज पास गरेका छौँ ।’

    समितिमा लामो समयदेखि भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकउपर छलफल भइरहेको थियो । आज समितिको बैठकले उक्त विधेयक छलफलसहित पारित गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images