images
images
  • सेयर बजारमा उच्च गिरावट, कारोबार रकममा वृद्धि 

    आज सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से ५८.०५ अंकले घटेर २५८२.७३ विन्दुमा बन्द भएको छ ।

    आज कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब १८ करोडको भयो । जम्मा ४ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो ।

    आज ३२५ वटा धितोपत्रको एक करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर किनबेच भएको हो । आज ४ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० वटाको घटेको छ ।

    गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सयपत्री हाइड्रोपावर, उपकार लघुवित्त र अपर सोलु हाइड्रोको मूल्य १ प्रतिशतभन्दा कमले बढेको हो।

    यसदिन ९.५% एनसिसी डिबेन्चर २०८६ को मूल्य सर्वाधिक ४.५२ प्रतिशतले बढेको छ।

    उक्त डिबेन्चरको मूल्य एक हजार एक सय रूपैयाँ कायम भएको छ।

    यस्तै, ११% केबिएल डिबेन्चर २०८९ को मूल्य ४.२२ प्रतिशतले बढेर प्रति डिबेन्चर मूल्य एक हजार २२२ रूपैयाँ पुगेको छ।

    मंगलबार नारायणी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ८.७३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ७५९ रूपैयाँ ९४ पैसा पुगेको छ।

    यस्तै, सर्पोट माइक्रोफाइनान्सको मूल्य ७.३७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ३२९ रूपैयाँ पुगेको छ।

    मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

    कम्पनीको प्रतिकित्ता ९३८ रूपैयाँ ५० पैसामा २३ करोड २० लाख रूपैयाँको सेयर कारोबार भएको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा २.४२ प्रतिशत घटेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार २५० रूपैयाँमा २१ करोड ३९ लाख बराबरको सेयर कारोबार भएको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

    यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशतले घटेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images