नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















