images
images
  • नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त 

    सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

    मन्त्रिपरिषद्को आज साँझ सिंहदरबारमा बसेको बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    शाक्यलाई यसअघि पनि केपी शर्मा ओली नेतृत्वको सरकारले नै कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

    शाक्य २०७७ कात्तिक २३ गते प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशकमा मुकरर भएका थिए । त्यसपछि सोही वर्ष माघ २९ गते उनलाई मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो ।

    तर ओली सर्वोच्च अदालतको परमादेशका कारण पदमुक्त भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले शाक्यलाई हटाएर कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images