images
images
  • भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसम्मतिले पारित

    प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ ।

    सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको दफावार छलफल टुंग्याउँदै सर्वसम्मतिले पारित गरेको हो । भन्सारसम्बन्धी समस्याहरूलाई समाधान गर्नेगरी लामो समयको छलफलपछि विधेयक पारित गरिएको समिति सभापति सन्तोष चालिसेले बताए ।

    व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधान भन्सार ऐन नियमबाट सम्बोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । समितिले विधेयकलाई प्रतिवेदनसहित छिट्टै सदनमा पेश गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images