images
images
  • देउवालाई नेपालको आग्रह : गल्ती स्विकार गरेर आए ओलीलाई स्वागत गर्नुपर्छ !


    काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्विकार गरेर आए स्वागत गर्नुपर्ने बताएका छन् ।

    विपक्षी गठबन्धनले बिहीबार सम्पादकहरुसँग गरेको अन्तरक्रियामा नेता नेपालले ओली दक्षिणपन्थी बाटोमा रहेको बताए । आफूहरु देशमा रहेका सबै सकारात्मक शक्तिसँग सहकार्य गरेर अघि बढ्न चाहेको भन्दै उनले ओलीले पनि आफ्नो गल्ती स्वीकार गर्दै राजीनामा दिन्छन् र कोर्स करेक्सन गरे स्वीकार गर्नुपर्ने बताए ।

    विपक्षी गठबन्धनका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवातिर हेर्दै उनले भने, ‘मानिस हुन्, कहिलेकाहीं गल्ती हुन्छ । त्यसलाई स्वीकार गरेर कोर्स करेक्सन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी ।’

    परिवर्तनका लागि भूमिका खेलेका वाम प्रजातान्त्रिक शक्तिहरुलाई बाइपास गरेर अरुसँगै साँठगाँठ गर्ने र मुलुकलाई पछाडि लैजाने सोचेको भए सम्भव नहुने उनले बताए ।

    ओलीले आफ्नो साधारण सदस्यता खारेज गर्दा पनि देश हितका लागि आफू विपक्षी गठबन्धनमा आएको नेता नेपालले धारणा राखे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images