images
images
  • नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि यस्ता छन् विश्व बैंकका सुझाव

    विश्व बैंकले नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि चार प्रमुख सुझावसहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।

    प्रतिवेदनमा नेपालको आर्थिक वृद्धि क्षेत्रीय समकक्षी राष्ट्रहरूको तुलनामा कमजोर रहेको उल्लेख गरिएको छ । यस्तै संरचनागत चुनौतीहरूमा  निर्यातमा गिरावट र औद्योगिक क्षेत्रको गतिहीनता उल्लेख गरिएको छ ।

    प्रतिवेदनले आन्तरिक अवसरहरूलाई खुल्ला गर्न, आप्रवासनलाई व्यवस्थित गर्दै त्यसबाट लाभ उठाउन, वैदेशिक रोजगारीमा गएर फर्किएका श्रमिकहरूको व्यवस्थापन र सीप विकासका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ । नेपालका लागि जलविद्युत र डिजिटलीकरणको सम्भावनालाई उपयोग गर्दै आर्थिक वृद्धि हासिल गर्न सुझाव गरिएको छ ।

    त्यस्तै, व्यापार सम्झौतामा सुधार गर्दै निर्यातलाई प्रतिस्पर्धी बनाउन र जलविद्युत विकासका लागि वित्तीय रणनीति बनाउनुपर्ने जोड दिइएको छ । डिजिटल पूर्वाधारको विकास र दूरसञ्चार ऐन परिमार्जन गर्ने पनि सिफारिस गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images