नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















