images
images
  • सेयर बजारमा उच्च गिरावट

    साताको पहिलो कारोबार दिन आज सेयर बजारमा उच्च गिरावट आएको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ५३.०४ अंक (१.९८ प्रतिशत) घटेको हो ।

    बजार खुलेदेखि निरन्तर ओरालोमा देखियो नेप्से २६१६ अंकमा कायम भएको छ । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३२ करोडको भयो ।

    कुल १३ कम्पनीको मूल्य बढ्दा २३० को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.४७, विकास बैंक २.४२, फाइनान्स २.९९, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.३३, लगानी २.०५, जीवन बीमा १.८५, उत्पादन तथा प्रशोधन १.४६, माइक्रोफाइनान्स २.३६, निर्जीवन बीमा २.०७, अन्य १.७४ र व्यापार २.८५ प्रतिशत घटे ।

    यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.७ प्रतिशत बढ्यो । मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहे । आईसीएफसीडी ८८ को ३.८९, एनआईसीएडी ८२८३ को २ तथा एसबीडीबी ८७ को २ प्रतिशत मूल्य बढ्यो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images