images
images
  • मन्त्रालय र प्राधिकरणबिचको विवादबाट नेपालसँग पर्याप्त बिजुली नभएको स्पष्ट भयो : अध्यक्ष कार्की

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालसँग पर्याप्त बिजुली नरहेको बताएका छन् ।

    आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले पनि ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत् प्राधिकरणबिचको विवादलाई हेर्दा पनि नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताएका हुन् । उनले अहिले पनि नेपालमा लोड सेडिङ हुन्छ कि हुँदैन भनेर विवाद गर्नु भनेको पर्याप्त बिजुली नरहेको बताए । उनले घरमा मात्र नभइ उद्योग क्षेत्रमा पनि पर्याप्त बिजुली दिनका लागि नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताए । 

    अध्यक्ष कार्कीले उद्योग क्षेत्र रजलविद्युत क्षेत्र चल्नको लागि उत्पादनमा बढी जोड दिनुपर्ने बताए । उनले जलविद्युतमा लगानीकर्ताहरू दिनप्रतिदिन बढिरहेको बताए । २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्यअनुसार काम अघि बढ्नुपर्नेमा उनले जोड दिए । जलविद्युत क्षेत्रमा लगानी बढाएर काम गर्नसके नेपालमै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सकिने उनले बताए । 

    अध्यक्ष कार्कीले भने, ‘हामीले के बुझ्नुपर्छ भने हामीसँग पर्याप्त मात्रामा बिजुली रहेनछ भन्ने कुरा बुझ्नुपर्छ । हाम्रो बिजुलीले हामी साँच्चै नै लोडसेडिङ मुक्त हुनलाई घरमा मात्र होइन, इण्डस्ट्री चल्नको लागि उत्पादनमै जोड दिनुपर्छ ।’

    अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने कुरामा आफूहरू अघि बढिरहेको बताए । उनले यसका लागि करिब २० वटा सुझाव आफूहरूले पनि सरकारलाई दिएको बताए । ऊर्जा उत्पादन बढाउनका लागि शक्तिशाली ऊर्जा मन्त्रालय हुनुपर्ने र एकद्वार प्रणाली कायम हुनुपर्ने उनले बताए । वनमा छिर्नै नपाउने नीति रहेको भन्दै त्यसमा ध्यान दिनुपर्ने उनले बताए । अब आउने विद्युत् विधेयकले नै जनताले जलविद्युतमा लगानी गर्ने कि नगर्ने भनेर निर्धारण गर्ने उनले बताए । 
     

    प्रतिक्रिया दिनुहोस्
    images
    images