images
images
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो ।

    यस्तै शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images