images
images
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको हो ।

    जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार भने १ लाख ७६ हजार रुपैयाँ थियो ।

    यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images