
प्रतिनिधि सभाको बिहीबारको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक बहुमतले पारित गरेको छ ।
बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएसँगै उक्त उक्त विधेयक पारित भएको हो ।
विधेयकमाथि सांसदहरूले संशोधन प्रस्ताव राखेका थिए । तर दुईवटा बाहेक सबै संशोधनहरू बहुमतले अस्वीकृत भए ।
अब यस विधेयकलाई छलफलका लागि राष्ट्रिय सभामा पठाइनेछ ।
प्रतिक्रिया दिनुहोस्