साताको अन्तिम कारोबार दिन आज पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से १२.३८ अंकले घटेर २६६९.७६ अंकमा पुगेको हो ।
आज बजारमा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बजारमा आज १७५ कम्पनीको मूल्य घटेको घट्दा ६२ कम्पनीको मूल्य बढेको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ । आज बजारमा जीवन बीमा समूहमा सामान्य वृद्धि हुनु बाहेक अरू सबै परिसूचक घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूहको सूचक १.३५ प्रतिशतले घटेको देखिन्छ ।
बजारमा आज मिथिला लघुवित्त र भूगोल इनर्जीको सेयर सर्किट लेभलमा घटेको छ । डोल्टी पावर कम्पनीको ७.४५ प्रतिशत वृद्धि नै आजको सबैभन्दा ठुलो वृद्धि रहेको छ । बजारमा आज नेपाल पुनर्बीमा कम्पनीको २८ करोड तथा हिमालयन पुनर्बीमा कम्पनीको २२ करोडको कारोबार हुँदा ती कम्पनीहरू सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा छन् ।
सबैभन्दा धेरै सेयर कारोबार घलेम्दी हाइड्रोको हुँदा सबैभन्दा धेरै पटक सेयर कारोबार हुने कम्पनी आज पनि गार्डियन लाइफ बनेको छ ।


विश्व खबर 




















