
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ मा सार्वजनिक गरेको भिडियो सन्देशमा ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छाप प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले पूर्वराजाले नेपाली झण्डाको अपमान गरेर संविधान मिच्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले संविधान विरोधी कदमहरु रोक्न समेत सरकारको ध्यानाकर्षण गराए ।
उनले २०६५ सालमै शाही निशान छाप हटाएर नेपालको झण्डा राखिएको र संविधानमा समेत श्री ५ महाराजधिराज भन्ने शब्द नरहेको भन्दै यस्तो गर्न नदिन सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले फागुन ६ गते सार्वजनिक गरेको भिडियो सन्देशमा श्री ५ महाराजधिराज भनेर उल्लेख गरिएको र शाही निशान छाप प्रयोग गरेको देखियो । यो शाही निशाना झण्डा २०६५ साल जेष्ठ १७ गते हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो र नेपालको संविधानमा कहीँ पनि श्री ५ महाराजधिराज भन्ने उल्लेख छैन ।’
उनले कानुन सबैको लागि बराबर भएको कानुन कार्यान्वयनमा ध्यान दिन समेत सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस्