
आज पनि सेयर बजार (नेप्से) घटेको छ । हिजो ७.६ ले घटेको बजार आज १४.८ अंक घटेको हो ।
बजार घटेपनि कारोबार रकम भने बढेको छ ।
अघिल्लो दिन ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ५ अर्ब १४ करोडको भएको छ । ५३ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने ७ को स्थिर रह्यो ।
आज कारोबारमा आएका ३११ कम्पनी मध्ये १८३ कम्पनीको सेयर घटेको छ भने ५३ कम्पनीको सेयर बढ्दा ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.३९ प्रतिशत बढेको भने गरिमा समृद्धि योजनाको इकाई मूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । तर आज यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने ९.२० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको २९ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। जसमा होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो ।
प्रतिक्रिया दिनुहोस्