नेपाली बजारमा आज सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । हिजो कायम गरेको उच्च मूल्यको रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने सामान्य घटेको छ । हिजो तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















