सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि प्रमुख दलका नेताहरूबिच छलफल हुने तयारी भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता अग्नि खरेललाई सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार बनाएपछि तीन दलका शीर्ष नेताहरूबिच छलफलको तयारी भएको हो ।
केही दिन अघि प्रधानमन्त्रीका सल्लाहकार खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर छलफल गरेका थिए ।
भेटमा सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अघि बढाउन ढिला नगर्न र सङ्क्रमणकालीन न्यायको टुङ्गोमा पुर्याउन छलफल भएको थियो । हिजो प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबिच छलफल गर्ने तयारी भएपनि प्रचण्डको समय अभावले रोकिएको बताइएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले अवरुद्ध प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेको छ ।























