नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हालसम्मका सबै रेकर्ड तोड्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यसपछि घटबढ भइरहेको सुनको मूल्य अहिले उच्चबिन्दुमा पुगेको हो ।
हिजो सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो । हिजोको तुलनामा आज १ हजार १०० रुपैयाँ बढेको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा २ हजार ५० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















